बजेट आउने दिन सुनचाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । जेठ १५ गते बजेट आउने दिन सुनचाँदीको मूल्य स्थिर रहेको हो ।  

हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७  हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

Advertisement

Advertisement