सुस्त रहेको द्रुतमार्गको लागि रु. २२ अर्ब ५० करोड, दुई बर्षभित्र सक्ने लक्ष्य

Advertisement

काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माण सम्पन्न गर्न बजेटमा २२ अर्ब ५० करोड रुपियाँ छुट्याएको छ । 

नेपाली सेनाले निर्माणको जिम्मा पाएको यो आयोजना सुस्त गतिमा निर्माण अघि बढेको भन्दै आलोचना भइरहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा नेपालको विकासमा रणनीतिक महत्व राख्ने यो आयोजना बनाउन साढे २२ अर्ब विनियोजन गरिएको बताए । 

Advertisement

अर्थमन्त्री महतले आगामी दुई वर्षभित्र यो आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए । 

Advertisement

Advertisement