पोखरामा ‘एडभान्चर मार्ट’ शुरु, पर्यटन बोर्डका सीईओ रेग्मीलाई विशेष अवार्ड

Advertisement

काठमाडौं । एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ मंगलवारदेखि पोखरामा शुरु भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटाको मुख्य आयोजना एवं पोखरा पर्यटन परिषद्को संयोजनमा सुरु भएको मार्ट जेठ १९ सम्म चल्नेछ ।  

Advertisement

नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सघाउने अपेक्षा गरिएको पर्यटन बोर्डको भनाई छ । 

सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित २५० भन्दा बढिको सहभागीता रहेको जनाइएको छ । मालदिप्सका पर्यटन मन्त्री डा. अब्दूल मौसुमले आफूले पोखरा साच्चिकैको साहसिक पर्यटनको गन्तव्य भएको बताए । हिमाल र समुद्र बीचको पर्यटनलाई जोडन नेपाल र माल्दिप्सले मिलेर काम गर्न सक्ने बताए । 

पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालमा आयोजना गरिएको यो पाटा मार्टले समग्र पर्यटनका बारेमा सकारात्मक सन्देश प्रभाव गर्ने बताए । 

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा साहसिक पर्यटनको केन्द्र भएको बताउँदै अन्तरराष्ट्रिय समुदायलाई पोखरा भ्रमण गर्न र आग्रह गरे । 

पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययहरु बीच हुने छलफल तथा अन्तरक्रिया सहितको  पाटा मार्टले पर्यटतनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको बताए । 

सो अवसरमा पाटा इन्टरनेशनले विभिन्न विधामा अवार्ड प्रदान गर्यो । पाटाले मेम्मबरसिप अवार्डदेखि स्पेशल अवार्ड प्रदान गरेको थियो । पर्यटन बोर्ड तथा बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीलाई पाटा स्पेसल अवार्ड प्रदान गरियो । 

Advertisement

Advertisement