रावा इनर्जीको आईपीओ आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । 

कम्पनीले ६ लाख ९६ हजार ३ सय ३० कित्ता आईपीओ निष्काशन गरेको हो ।  

Advertisement

कूल निष्काशन मध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र  ३७ हजार ६ सय १६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ६ लाख ४३ हजार ६ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ६४ हजार ३ सय ५९ जनाले १०–१० कित्ता र ७ जनाले ११–११ कित्तका दरले पाउने छन् । 

कम्पनीले यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु र आयोजना प्रभावितहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ । 

Advertisement

Advertisement