नेपालसँग सीमा विवादलगायतका सबै समस्या समाधान गर्न तयार छौंः मोदी

Advertisement

काठमाडौं , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमा विवादसहित सबै मुद्दामा समाधान गर्न तयार रहेको बताएका छन् । 

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीसँगको दुई पक्षी भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका हुन् ।

Advertisement

मोदीले भने, ‘हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौं । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौं ।’

भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै मोदीले अझ धेरै बलियो बनाउने बताए । उनले थपे, ‘यो सुन्दर क्षणको अझ बढी महत्त्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौं कि रामायण सर्किससँग सम्बन्धित परियोजनामा तीब्रता ल्याउनु पर्छ ।’

नेपालका प्रधानमन्त्री दाहालले आफूले मोदीसँग सीमा समस्या समाधानको कुरा राखेको बताए । 

Advertisement

Advertisement