ईपीजीको कुरा उचालेर भारतसँग सम्वन्ध बिगार्न मन लागेन्ः दाहाल, गेरु बस्त्र बाध्यता !

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको तर्क गरेका छन् । 

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनले ईपीजी हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै सो बारे आफूले भारतीय पक्षसँग कुरा भने राखेको बताए । 

Advertisement

दाहालले ईपीजीको विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पटकपटक दोहोर्याए । उनले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाईदा छैन् । यो हामी सबैको चासोको विषय हो । अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन् । आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढि उचालेर अव यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन ।’ 

दाहालले थपे, ‘हामीले जुन तरिकाले कुरा गरियो । त्यो तरिकाले कुरा गरिएको छ । यति भनेपछि पत्रकार साथीहरु तपाईहरुले कुरा चाँही बुझ्नु होला । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अव हामीले सबैले मिलेर जे सहमती, समझदारी भएकोछ । त्यसलाई कार्यान्वयनमा लैजानु छ । कार्यान्वयना लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ । त्यसकारण भ्रमण विगतको भन्दा परिणाममुखि भएको छ । कामकाजी भएको छ ।

आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु बस्त्र धारण गर्नु परेको दाहालले बताए । उनले उक्त मन्दिरमा मुख्य अतिथिले गेरु बष्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौं भारतीय मनमा चिसो पस्ने भएकाले सो बस्त्र धारण गरेको तर्क गरे । 

प्रधानमन्त्री दाहालले यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गरे । उनले भने, ‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बीहरुप्रति समान व्यवहार गर्नु पर्छ । अब मध्यप्रदेशमा जाने, इन्डोरमा जाने । नजिकै ऐतिहासिक शहर हो उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरि भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाए । त्यसले एकैदिनमा डेढ लाख मान्छेहरु जान्छन त्यहाँ हेर्न, पूजा गर्न ।’

उनले थपे, ‘हामीले पनि यहाँ रामायण सर्किट भन्दैछौं । बुद्धिष्ट सर्किट भन्दैछौं । हामीले पनि धार्मिक पर्यटनको विकास गछौं भनेका छौ कि छैनौ ? म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेटनु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरु बस्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोशिस गर्नु भयो । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाईदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अर्व मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ? सहज ढंगले गर्दा सबै खुशी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रुपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनु पर्दछ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रुपान्तरण गर्न सफल भएको दावी पनि गरे । 

 

Advertisement

Advertisement