थुनछेक बहसका लागि एमाले नेता रायमाझी, कांग्रेस नेता खाँणसहित १८ जना जिल्ला अदालतमा

Advertisement

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आइतबार बिहान आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 

अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको हो । 

Advertisement

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो । 

यस प्रकरणमा नेपाली कांग्रेसाक नेता शेरबहादुर देउवाकी पत्नी आरजु राणा, एमालेका अध्यक्ष केपी ओलीकी पत्नी राधिका शाक्य र स्वकीय सचिव, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको छोरा, पूर्वगृहमन्त्री रामबहादुर थापाका श्रीमती र छोरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलगायत ठूला दलका थुप्रै नेता तथा नातेदार संलग्न छन् ।

Advertisement

Advertisement