भन्सार विभागको ‘वान’ प्रणालीले उठायो ५२ करोड ३२ लाख थप राजस्व, २ भन्सार प्रमुखमाथि कारवाही

Advertisement

काठमाडौं। भन्सार विभागमा वाइडर एरिया नेटवर्क (वान) प्रणाली सक्रिय बन्दा राजस्व असुलीमा थप राजस्व असुलीमा सुधार आएको छ ।

विभागले चालु वर्षको ८ महिनामा नै ५२ करोड ३२ लाख थप भन्सार महसुल असुल गरिएको हो । भन्सार महसुल संकलनमा गिरावट आउँदा विभागले वान प्रणालीलाई सक्रिय बनाएको थियो । विभागका पुर्व महानिर्देशक चक्रबहादूर बुढाले वान प्रणालीलाई सक्रिय पार्न असल कर्मचारीलाई जिम्मा दिएका थिए ।

Advertisement

प्रणालीले भन्सार नाकाबाट जाँचपास हुन लागेका सामग्रीमा सन्दर्भसूचि बमोजिम महसुल असुल गरिएको छ कि छैन भनेर हेर्ने गरिन्छ । यसरी भन्सार कार्यालयका कर्मचारीहरुले गरेको गल्तिलाई सुधार गरेर सो बराबरको थप राजस्व असुल गरिएको हो ।

वान प्रणाली अन्तर्गत सबै भन्सार कार्यालय र छोटी भन्सारलाई अनलाइन प्रणालीमा ल्याएको छ । ‘वान’ प्रणालीमा कुन भन्सार कार्यालयले कुन सामग्री कसरी जाँचपास गर्यो ? स्पष्ट देख्न सकिन्छ ।

विभागले शाखालाई चार भागमा विभाजन गरेको छ । जसलाई उपसचिवको नेतृत्वमा जिम्मा दिइएको हुन्छ। बिहान कर्मचारी कार्यालय आएपछि सुरुमै गोला प्रथा गरिन्छ । यसरी गरिएको गोला प्रथामा कुन भन्सार कार्यालयको अनुगमन कुन कर्मचारीले गरिहरहेको छ ? भन्सार कार्यालयका कर्मचारीले थाहा पाउँदैनन् । यसले भन्सार कार्यालयहरुले गर्ने कैफियतलाई नजिकबाट नियाल्न सकिन्छ ।

यसरी सामान्य प्रकृतिको गल्तीमा भन्सार परीक्षणमा खटिएका कर्मचारीले सचेत गराएर रकम थप्न लगाउँछन् भने गम्भीर प्रकृतिको गल्तीमा कर्मचारीलाई नै सरुवा गरेर कारबाही प्रक्रिया अघि बढाउने गरिएको विभागको दावी छ ।

विभागको ‘वान’ प्रणाली कात्तिकभन्दा अगाडि नै सुरु गरिए पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको थिएन । अहिले प्रणालीलाई प्रभावकारी बनाएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव पारिरहेको छ । वान प्रणाली शाखामा खटिएका एक कर्मचारीले भने, ‘भन्सार कार्यालयबाट धेरै कडाई नगरिदिन आग्रह तथा प्रलोभन आउने गरेको छ, यसको वेवास्था गरी ७ महिना यता थप राजस्व नै ५२ करोड बढी संकलन भैसकेको छ ।’

ती कर्मचारीले थपे, ‘भन्सारमा तस्करी गर्न पल्लेकाहरुले यो शाखाका कर्मचारीलाई नै सरुवा गर्ने प्रयास सुरु गरेका छन्, हामीले एउटा नियम बसालेका छौं अर्को आएपछि भत्काइहाल्छ।’

विभागले हाल नियमित रुपमा भ्यालएसन पेजको अनुगमन गरी कैफियत देखिएका मालवस्तुहरुमा भन्सार कार्यालयहरुलाई ध्यानकर्षण गर्ने गरिएको छ। यस्तै छनौट प्रणालीमा लेन अध्यावधिक गरी रिस्क इन्डिकेटर तयार गरी प्रमाणित गरिएको छ। विभागले बजार मूल्य सर्वेक्षण कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।

२ भन्सार प्रमुखमाथि विभागीय कारबाही

केहि महिनाअघि विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले प्रणालीमा प्रज्ञापन पत्र अपलोड गरी पुनः डिलिट गरेका थिए । सो प्रज्ञापन पत्र देव इन्टरनेश्नल प्रालीको थियो । यो प्रालीका सञ्चालक बन्सु बस्नेत हुन् । यो सूचना विभागले थाहा पाएपछि कार्यालय प्रमुख सापकोटासहित एक अधिकृत र नायव सुब्बाको सरुवा गरेको थियो ।

सापकोटाले डिलिट गरेको प्रज्ञापन पत्र अनुसार सामान भन्सारको गोदाममा नआइपुगेको भन्दै डिलिट गरिएको पाइएको विभागको भनाई छ । तर पछि चेकजाँचको क्रममा सामान भन्सारकै गोदाममा भेटिएको थियो ।

यसैगरी रसुवा भन्सार कार्यालयका प्रमुख नारायण भण्डारी पनि विभागीय कारबाहीमा परेका छन्। उनले पनि देव इन्टरनेश्नल प्रालीकै सामान छुटाउने क्रममा कारबाहीमा परेका हुन्। भण्डारीले भन्सार जाँचपास भैसकेको सामान बिच बाटोबाटै फर्काएर पुन भन्सा यार्डमा पुर्याएका थिए। विभागबाट खटिएको टोलीले सिसि क्यामेराको फुटेज जाँच गर्दा भन्सार र्याडबाटै सामान अर्को गाडीमा हालेर पठाएका थिए ।

Advertisement

Advertisement