वैदेशिक रोजागारीबाट फर्केकाहरुको पुनःस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण

Advertisement

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

फेडेरेसनले आज पत्रकार सम्मेलन गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको लागि आवश्यक पर्ने ऐन, कानून, नियम तथा निर्देशिका तत्काल तयार गरी लागू गर्न माग गरेको हो । 

Advertisement

रिटर्नीको समष्टिगत व्यवस्थापनको लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकास गर्न आग्रह गर्दै फेडेरेसनले वैदेशिक रोजगाबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरी उनीहरुको सीप, पूँजी र प्राविधिक ज्ञानको पहिचान सहितको श्रमिक तथ्याङ्क बैंक स्थापना गरी देशको योजना तथा उत्पादन क्षेत्रमा उपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारलाई सुझाएको छ । 

पत्रकार सम्मेलनमा फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सरकारीस्तरबाट बर्सेनि रिटर्नीको नाउँमा रकम विनियोजन हुने तर सम्बन्धित पक्षसँग नपुगी कार्यान्वय निकाय तथा बिचौलियामार्फत् विभिन्न छलफल, बैठक तथा कार्यशालामा खर्चिने प्रवृतिको अन्त्य गरी त्यस्तो रकम बीऊपूँजी, पूर्वाधार विकास तथा प्रत्यक्ष उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।  

विदेश जानुपूर्व प्रदान गरिने अभिमुखिकरण तालिममा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त  रिटर्नीको सहभागिता अनिवार्य गनुपर्नेमा जोड दिँदै फेडेरेसनले रिटर्नी लक्षित सरकारी नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रमा रिटर्नी प्रतिनिधीको सहभागिताको सुनिश्चिता गर्न माग गरेको छ ।

फेडेरेसनका १९ बुँदे माग यस्ता छन्:

१. रिटर्नीको पुनरस्थापना वा समायोजनको लागि आवश्यक पर्ने ऐन, कानुन, नियम तथा निर्देशिका तत्काल तयार गरी लागू गरियोस ।

२. रिटर्नीको समष्टिगत व्यवस्थापनको लागि सरकारी कार्यालय, विभाग तथा अधिकार सम्पन्न सरकारी निकायको स्थापना र विकास गरियोस ।

३. वैदेशिक रोजगाबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरुको सीप, पूंजी र प्राविधिक ज्ञानको पहिचान सहितको श्रमिक तथ्यांक बैक स्थापना मार्फत् देशको योजना तथा उत्पादन क्षेत्रमा उपयोग गर्ने वातावरण सृजना गरियोस् ।

४. सरकारी स्तरबाट बर्षेनी रिटर्नीको नाउँमा रकम विनियोजन हुने तर संबन्धित पक्षसँग नपुगी कार्यान्वयनिकाय तथा विचौलिया मार्फत् विभिन्न छलफल, बैठक तथा कार्यशालामा खर्चिने प्रवृतिको अन्त्य गरी त्यस्तो रकम बीऊ पूजी, पूर्वाधार विकास तथा प्रत्यक्ष उत्पादनका क्षेत्रमा लगानी गरियोस ।

५. विदेश जानुपूर्व प्रदान गरिने अभिमुखिकरण तालिममा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त रिटर्नीको सहभागिताअनिवार्य गरियोस ।

​६.रिटर्नी लक्षित सरकारी नीति निर्माण तयार गर्दा, गठन तथा परिचालन गरिने योजना र सम्पादन गरिने कार्यक्रमा रिटन प्रतिनिधीको सहभागिताको ग्यारेण्टी गरियोस ।

७. वैदेशिक रोजगारको आवरणमा हुने महिला तथा बालबालिका बेचविखन, ओसारपसार तथा अन्तराष्ट्रिय साइवर अपराध तथा गतिविधीको पूर्णतया नियन्त्रण नियमन होस ।

८. प्रदेश सरकार तथा सबै स्थानीय तहका योजनामा रिटन लक्षित कार्यक्रमको पहिचान, विकास तथा सहभागितामा प्राथमिकीकरण गरियोस ।

९. वैदेशिक रोजगार बोर्ड मार्फत् विदेश जाने कामदारहरुबाट संकलन गरिने कल्याणकारी कोषको रकम कामदारको हो । यो रकम सरकारी कर्मचारीको अध्ययन, भ्रमण, भत्ता वा अन्य कुनैपनि बहानामा सरकारले खर्च गर्न मिल्दैन भन्ने हाम्रो दृढ अडान रहेको छ । यो रकम वैदेशिक रोजगारी तथा रिटर्नीको हितमा मात्र खर्च गरियोस ।

१०. रिटर्नीले संचालन गर्ने कृषि सेवा तथा व्यवसाय प्रवद्र्धन गर्न अनुदान तथा निश्चित अवधिको लागि कर छुटको व्यवस्था गरियोस।

​११. वैदेशिक रोजगारीमा विदेश जानुपूर्व सरकारले अनिवार्य तालिमको व्यवस्था गरी कम्तिमा ए सम्मको तालिम प्रमाण पत्रपछि मात्र श्रम अनुमति प्रदान गर्ने व्यवस्था गरियोस् । १२। श्रम स्वीकृतिको बाध्यकारी प्रावधान मध्ये बीमापनि हो । बीमा कम्पनीले श्रमिकबाट बीमाको नाममा संकलन गर्ने रकम मध्ये निश्चित प्रतिशत श्रमिकको कल्याणकारी क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरियोस ।

१३. विदेशमा सिकेको सीप, पूजी, जाँगर र प्रविधिको माध्यमबाट राष्ट्रिय पूंजी निर्माणमा रिटनीहरुले अगाडि बढाएका रिटर्नी संजाल निर्माण, उद्यमी प्रवद्र्धन योजना लगायतका क्षेत्रमा राज्यको साझेदारीको ग्यारेण्टी गरियोस । 

१४. प्रवासमा मृत्यु भएका, विभिन्न जेलमा रहेका वा अलपत्र भएकाहरुको उद्धार गर्नु राज्यको दायित्व हो । वैदेशिक रोजगारीको शिलसिलामा अलपत्र परेका, वैधानिक कागजात नभएकाहरुलाई समेत सहज स्वदेशफिर्तिको व्यवस्था गरियोस ।

१५. रिटर्नीहरूले विदेशमा सिकेको सीपको उपयोग हुनेगरी नेपालमा उद्यम व्यवशाय संचालनका लागि विदेशबाट आयात गर्ने मेशिन तथा औजारहरुमा भन्सार छुटको व्यवस्था गरियोस ।

१६. सरकारी लगानीमा संचालित भएर पछिल्लो समय बन्द भएका सरकारी उद्योगहरु संचालनमा ल्याई रिटर्नीहरुको अगुवाईमा उत्पादन शुरु गर्ने प्रक्रियाको थालनी गरियोस ।

१७. विदेशमा मृत्युवरण गरेका कामदारका स्वदेशमा रहेका बालबच्चाहरुलाई १८ वर्षसम्म शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवस्यकता निःशुल्क उपलब्ध गराउने व्यवस्था गरियोस ।

१८. वैदेशिक रोजगारीका क्रममा अंगभंग भई स्वदेश फर्किएका रिटर्नीहरुलाई जीवन निर्वाहका लागि आजिवन निवृत्तिभरणको व्यवस्था गरियोस ।

१९. भारतमा श्रम गरेर फर्किने नेपाली कामदारहरु कुनै न कुनै बहानामा सिमामा ठगिने क्रम अहिले पनिजारी रहेकोले सरोकारवाला निकायसंग समन्वय गरी समाधान गरियोस ।

Advertisement

Advertisement