सरकारले व्यापार गर्दैन, व्यापार निजी क्षेत्रले नै गर्ने होः मन्त्री रिजाल

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन् ।  

मंगलवार जनकपुरमा व्यापारीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण गरिदिने बताए । व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । 

Advertisement

उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने बताउँदै उनले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलार्य परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताए । 

देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे  देश विकास गर्न समय नलाग्ने बताए । उनले पहाडबाट बगेर जाने बालुवाहरुको उत्खनन् गरी बिक्री गर्दा बिरोध भइरहेको भन्दै आपत्ति जनाए ।  

 

Advertisement

Advertisement