कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख प्रदान गर्ने

Advertisement

काठमाडौं । कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपियाँ प्रदान गर्ने भएको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो ।

Advertisement

प्रतिष्ठानले बुढानीलकण्ठ नगरपालिका–७ मा बाल अस्पताल निर्माण गरिरहेको छ । सोही बाल अस्पताल निर्माणका लागि बैंकले उक्त सहयोग प्रदान गर्ने जनाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement