विश्वास ढकालको ३५ प्रतिशत स्वामित्व रहेको एफवान सफ्टले बाँड्यो १३५ प्रतिशत लाभांश

Advertisement

काठमाडौं। एफवान सफ्ट कम्पनीले गत आर्थिक बर्ष २०२१–२२) को मुनाफाबाट १३५ प्रतिशत लाभांश विवरण गरेको छ । कम्पनीले इतिहासमै धेरै लाभांश बाँडेको हो ।

सन् २००४ मा स्थापना भएको यस कम्पनीले एक छत्ररुपमा प्रविधिको व्यापार गर्दै आए पनि उसका कतिपय कारोबारहरु अवैध र विवादित बन्दै आएका छन् । 

Advertisement

सेवाग्राहीसँग चर्को शुल्क असुल्दै एफवान सफ्टले सन् २०२१–२२ को मुनाफाबाट मात्रै १३५ प्रतिशत लाभांश विवरण गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यो कम्पनीमा सबैभन्दा धेरै शेयर होल्डिङ विस्वास ढकालको रहेको छ । उनको कुल शेयर ३५ प्रतिशत रहेको छ । 

यद्यपी शेयरको विषयमा कम्पनीको सदस्यहरुबीच भने लामो समयदेखि विवाद रहँदै आएको छ । कम्पनीले चर्को नाफा कमाउँदै जाँदा र सञ्चालकहरुबीच बेमेल देखिएको हो । बेमेल बढ्नुमा एफवान सफ्टको शेयर एक मिडिया कम्पनीका सञ्चालकलाई दिएका कारण पनि भएको हो । 

पछिल्लो समय कम्पनीका अध्यक्ष ढकालले सो कम्पनी स्थापनामा महत्वपूर्ण योगदान दिएका अर्का लगानीकर्ता अस्गर अलीलाई निकाल्न खाजेबाट विवाद बढेको हो । यद्यपी कम्पनीको शेयर खरिद बिक्री भने भइसकेको छैन् ।

कम्पनीको वित्तीय विवरणअनुसार सन् २०१९ मा पाँच अर्ब ६३ करोड, २०२० मा आठ अर्ब, २०२१ मा ११ अर्ब ७८ करोड र २०२२ मा १५ अर्ब ६४ करोड रुपियाँको कारोबार गरेको छ । यस्तै चालु वर्षको छ महिनामा भने छ अर्ब ११ करोडको कारोबार गरेको देखिएको छ ।

कम्पनीले तीन शीर्षकमा सात अर्ब ७१ करोड ऋण लिनसक्ने इक्राको भनाई छ, जसमा दीर्घकालिन ऋण चार अर्ब ५१ करोड, चालु पुँजी कर्जा एक अर्ब २० करोड र छोटो समयका लागि बैंक ग्यारेन्टी दुई अर्ब रहेको छ ।

कम्पनी अन्तर्गतको फोनपे र ईसेवाको कुनै पनि ऋण रहेको छैन्।   

Advertisement