सानिमा बैंकले विपन्न महिलाहरुको उपचारमा पाटन अस्पताललाई सहयोग गर्ने

Advertisement

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता अन्तर्गत बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । 

Advertisement

उक्त सम्झौता पत्रानुसार बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । 

बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

बैंकको सातै प्रदेशमा १३२ कार्यालय र १२२ वटा एटिएम संचालनमा रहेका छन् ।

Advertisement

Advertisement