नेपाल टेलिकमद्वारा तीब्र गतिमा एफटीटीएच सेवा बिस्तार

Advertisement

काठमाडौं । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ । यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी रहेको जनाएको हो ।

टेलिकमले निःशुल्क नम्बर १९८  मा डायल गरी प्राप्त सन्देश पश्चात फेरी १ डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको बताएको हो ।

Advertisement

भोलि असार ११ गतेदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने टेलिकमले जनाएको छ । साथै, एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गरिरहेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।


 

Advertisement