म्यानपावरहरुले श्रमिकहरुसँग लिने १० हजार सेवा सेवा शुल्कको औचित्य बुझेनन्ः मन्त्री भण्डारी

Advertisement

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन् । 

आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिकोत्सव कार्यक्रममा उनले पछिल्लो समय धेरै देशहरुमा नेपाली कामदार जान नपाउने व्यवस्था रहेको भन्दै अब सरकारले दौत्यसम्बन्ध भएका देशहरुमा श्रम सम्झौता गरी श्रमिकहरु जान पाउनुपर्ने मान्यता अनुसार काम गर्न लागेको बताए । 

Advertisement

मन्त्री भण्डारीले सरकारले त्यही अनुसार विभिन्न देशहरुसँग प्रक्रिया अगाडि बढाएको बताए । उनले घरेलु कामदारका विषयमा धेरै कुराहरु उठेको भन्दै वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई कसरी सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको बताए । 

भण्डारीले सरकारले व्यापार व्यवसाय गर्न नहुने भन्दै व्यवसायीहरुलाई व्यापार गर्न नियन्त्रण गर्न नहुने बताए । उनले म्यानपावरहरुले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग लिने १० हजार सेवा सेवा शुल्कको औचित्य आफैँले नबुझेको बताए । भण्डारीले १० हजार सेवा शुल्क श्रमिकहरुसँग लिने विषयमा सरकारले छानबिन गर्ने बताए । 

उनले वर्तमान सरकारले यस्ता विभिन्न समस्याहरु राम्रोसँग बुझेको र समस्याहरुको पहिचान गरिरहेको बताए । भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटोमा सरकार लागेको बताए । उनले नेपालबाट अब बिना सीपको श्रम शक्ति नपठाउने अठोट सरकारले लिनुपर्ने अवस्था आएको बताए । 

भण्डारीले विदेशमा नेपालबाट पठाउने श्रमिकहरुलाई केही न केही सीप सिकाएर मात्रै पठाउन आवश्यक रहेको बताए । उनले दक्ष र सीप भएका नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउने विषयमा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए । भण्डारीले विभिन्न देशको प्रणाली अनुसार नेपाल महिला पुरुष दुवै श्रमिक विदेशमा सुरक्षित नभएको बताए । 

Advertisement