उर्जामन्त्री भन्छन्– आगामी आवमा ९०० मेगावाट विद्युत थपिन्छ, आन्तरिक खपत बढाउँछौं

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले आगामी दश वर्षभित्रमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको पनि दोहोर्याए । 

सोही लक्ष्यअनुसार ऊर्जा विकास दशककको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको बस्नेतले बताए । उनले भने, ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप ९०० पु¥याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ । २० हजार बढी मेगावाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ । र त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ ।’

Advertisement

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताए । 

Advertisement