राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीहरुको आन्दोलन, सीईओलाई काम गर्न अवरोध

Advertisement

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा दलगत युनियन हावी हुँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बराललाई काम गर्न समेत बाधा पुगेको छ । युनियनकै कारण अहिले बराल आफ्नो कार्यालयमा अनुपस्थित हुनुपर्ने अवस्था सिर्जना भएको हो ।

बीमा क्षेत्रमा मात्र नभई यस्तो समस्या अन्य संस्थाहरुले पनि झेल्दै आएका छन् । राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीहरुले कर्मचारी सेवा सर्त सम्बन्धि विनियमावली २०७४ को पूर्ण कार्यन्वयन गर्न माग राखेका छन् । केही महिना अघि पनि युनियनले यस्तै माग राखेर कार्यालयको काममा अवरोध सिर्जना गरेको थियो ।

Advertisement

कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाको निर्देशनमा उक्त विरोध कार्य्रकम अघि बढेको बुझिएको छ । कोइरालालाई कर्मचारी युनियन हावी बनाउने मुख्य योजनाकारको रुपमा चित्रण गर्दै राष्ट्रिय बीमा कम्पनीका एक कर्मचारीले कर्पोरेट नेपाललाई जानकारी दिएका छन् ।

अहिले सीईओको कार्यकक्ष अगाडी कर्मचारीहरुले धर्ना दिँदै कालो व्यानर टाँगेर बसेका छन् । यता राष्ट्रिय बीमा कम्पनी प्रशासनले भने विगत लामो समयदेखि पूरा नसकेका उक्त मागहरु अहिले पनि तत्कालै समाधान गर्न सम्भव नरहेको बताउँदै आएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको इकाईले संयुक्तरूपमा आन्दोलन सुरु गरेका हुन् । यही नयाँ आर्थिक वर्ष लागेसँगै आफ्ना सेवा सुविधाका मागहरु यथासिघ्र पूरा हुनुपर्ने आन्दोलनरत पक्षको माग रहेको छ । 

Advertisement

Advertisement