राशिफलः आज (साउन १७) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको १७ गते बुधबार, अधिक श्रावण कृष्णपक्षको प्रतिपदा तिथि ।

मेष 
ढुलमुले स्वाभाव भए तापनि परिवारको साथले मनमा आडभरोषा मिल्ने छ । भित्रि बुद्धि र चुतु¥याईँमा केही बृद्धि हुने हुँदा आर्थिक अवस्था सन्तुलित हुने छ । तर पेशागत जीवनमा भने केही उतारचढाव देखा पर्ने छ । खासगरी आफु भन्दा माथिका पदाधिकारीहरुसँग बिबाद बढ्ने छ । पैतृक सम्पत्ति वा आफैले यसअघि कमाएर राखेको सम्पत्तिले भरोषा मिल्ने छ । शेयर बजार सकारात्मक दिशामा रहने छ । 

Advertisement

वृष 
भाग्यको साथ नहुनाले काममा बिलम्बता आउने छ । मनमा दुविधा भइरहने छ । यो गरौँ कि त्यो गरौँ भइरहँदा निर्णय लिन नसक्ने क्रम बढ्ने छ । समय प्रतिकुल रहेकाले संयम रहनु होला । साझेदारीमा गरिएका कामहरुमा भने केही सफलता मिल्ने भएकाले राहत मिल्ने छ । पेशागत जीवनमा संघर्षपूर्ण अवस्था आउने छ । रकम डुब्ने जोखिम देखिन्छ । शेयर बजार पनि अनुकुल देखिँदैन् । 

मिथुन 
जलजन्य प्रकोप सहनु पर्ने छ । साथै चिसोले सताउने भएकाले सतर्क रहनु होला । मनमा उदासिनताले निरन्तर बास गर्ने छ । अरु भन्दा आफू कमजोर भएको महशुस हुने छ । बोलीमा कडापन बृद्धि हुने भएकाले यसबारेमा संयमित रहनु होला । पेशागत जीवनको अवस्था भने सामान्य नै रहने छ । आम्दानीमा बृद्धि नभए पनि सामान्य रहने छ । शेयर बजार अनुकुल देखिँदैन् ।

कर्कट
जोखिम लिने व्यक्तित्व हुने छ । भाग्य बलियो भएकाले परिस्थिति धेरै कठिन बन्ने छैन् । धन सम्पत्तिमा केही बृद्धि नै हुने छ  । नचाहँदा नचाहँदै पनि छोटो यात्रामा निस्कनै पर्ने बाध्यता आइ पर्ने छ । पेशागत जीवनमा झैझगडा तथा विवाद निम्तिने भएकाले सहकर्मीहरुसँग संयमित रहेर मात्र ब्यवहार गर्दा ठिक हुने छ । तर आन्तरिक चतुरतामा बृद्धि हुने भएकाले समस्यालाई ब्यवस्थापन गर्न सहज हुने छ । शेयर बजार सकारात्मक हुने छ । 

सिंह
आत्मबलसहितको ब्यक्तित्वमा दृढता आउने छ । यसले गर्दा समस्याहरुसँग जुध्न तागत प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने नसोचिएका समस्याहरु देखा पर्ने छन् । आम्दानीमा हल्का बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । काम गरेको स्थानबाट पारिश्रमिक तथा ज्याला प्राप्त हुन कठिनाई व्योहर्नु पर्ने छ । रिस छिटो–छिटो उठ्दा झैझगडाको वातावरण बढि हुने छ । शेयर बजार अनुकुल रहेको छ । 

कन्या
दाम्पत्य जीवनमा झैझडा हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद आउने छ । धैर्यतापूर्वक कदम चाल्नु होला । चिन्ता नै नलिनु पर्ने विषयमा मनमा निरन्तर चिन्ता लागिरहने छ । खासगरी भविष्यप्रतिका विषयमा वर्तमानमा अत्याधिक चिन्ताले सताउने भएकाले वर्तमानमा जीउने प्रयास गर्नु होला । प्रतिष्पर्धात्मक स्वाभाव बलियो हुने भएकाले परिस्थिति काबु भन्दा बाहिर जाने छैन् । शेयर बजार मध्यम रहने छ ।

तुला
पैतृक सम्पत्तिका विषयमा झैझडा उत्पन्न हुने छ । पेशागत जीवन सामान्य रहने छ । पेशा ब्यवसायबाट धनमा केही बृद्धि समेत हुने छ । परिवारप्रति समर्पित भएर काम गर्ने स्वाभाव रहने छ । लिइएका लक्ष्यहरु भने पुरा हुन केही कठिन हुँदा मनमा हतोत्साहपना आउने छ । बोलीको प्रभाव नकारात्मक बन्न पुग्ने भएकाले यसबारे सतर्कता आवश्यक देखिन्छ । साझेदारीमा समस्या आउने छ । शेयर बजार अनुकुल देखिँदैन् । 

वृश्चिक
डुबेको धन फिर्ता प्राप्त छ । आम्दानीमा केही बृद्धि हुन पुग्दा मनमा उत्साह बृद्धि हुने छ । आफ्नो पेशाप्रति कटिबद्ध हुने स्वाभाव भएकाले पेशागत जीवनमा महत्व बढ्ने छ । दाम्पत्य जीवनमा भने केही बिबादहरु देखा पर्न जाने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद अस्वाभाविक चर्किने छ । धन सम्पत्तिसँग जोडिएका केही बादबिबादले भने केही तनाब बढाई दिने छ । शेयर बजार अनुकुल देखिन्छ ।

धनु 
आम्दानीमा केही बृद्धि हुन जाने छ । तर ब्यक्तित्वमा अस्थिरता देखा पर्न जाँदा अरुले गरिराखेको विश्वासमा कमि आउने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले समस्या समाधानमा मद्दत पुग्ने छ । मेहनी र पराक्रमी स्वाभावमा बृद्धि हुने भएता पनि पेशागत जीवनमा उचित मुल्यांकन नहुँदा समस्याहरु देखा पर्न जाने छन् । मनमा सन्तोष प्राप्त हुने छैन् । शेयर बजार औसत तर सकारात्मक रहेको छ । 

मकर 
साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा आम्दानीमा अझ बृद्धि हुने छ । रिस धेरै उठ्ने भएकाले अरुले रिसाह ब्यक्ति अनुभूत गर्ने छन् । प्रतिष्पर्धात्मक स्वाभावमा बढोत्तरी हुनेछ । पेशागत जीवनमा पनि केही कठिनाईहरु आउने भएकाले संयमताको खाँचो छ । आफैद्वारा संचित गरेको राखेको धनले काम दिने छ । शेयर बजार अनुकुल देखिन्छ । 

कुम्भ 
दृढताको कमि हुने भएकाले अरुले हेर्दा लुलो ब्यक्तित्वका रुपमा व्यावहार गर्ने छन् । लेनदेन कारोवारका विषयमा झैझगडा हुने भएकाले विचार गरेर मात्र पाइला चाल्नु होला । पेशागत जीवनमा पनि बादबिबाद देखा पर्न जाने छ । त्यसैले आफ्ना बोससँगको सम्बन्धमा विशेष ध्यान दिनु होला । अनावश्यक द्वन्द र बिबादमा होमिनु पर्ने भएकाले यसबाट बच्ने प्रयास  गर्नु नै बुद्धिमानी हुने छ । शेयर बजार अनुकुल रहने छ । 

मीन
भाग्य बलियो भएकाले गर्न खोजेका काममा प्रगति हुने छ । तर शरीरमा थकान महशुस हुने छ ।  मनमा भने केही दृढता आउने भएकाले त्यसका आधारमा परिस्थिति संहाल्न केही मद्दत पुग्ने छ । मनमा देखा पर्ने दृढताका कारण अरुले जिद्धि मानिसका रुपमा बुझ्ने छन् । आगो, विजुली तथा तातो वस्तुबाट सतर्क रहनु होला । शेयर बजार औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement