गृहमन्त्री रविलाई बोल्न दिएर पुनः संसद अवरोध गर्ने कांग्रेसको तयारी

Advertisement

काठमाडौं । संसदमा बोल्नसमेत नदिएर अप्रजातान्त्रिक शैली अपनाएको भन्दै आलोचना हुन थालेपछि नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा आज बोल्न दिने भएको छ । 

उनलाई बोल्न दिएपछि पुनः बैठक अवरुद्ध गर्ने तयारी कांग्रेसले गरेको छ । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि पूरानै अडानमा संसद अवरोध जारी राख्ने निष्कर्षमा पुगेको हो । 

Advertisement

आज कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । त्यसपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनेछन् । 

सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले रविको संसदीय छानविन हुनुपर्ने अडान राख्दै आएको छ । आफू सरकारमा हुँदा यो विषयमा मौन रहेको कांग्रेसले सरकारबाट बाहिरिनासाथै यो मुद्दा उठाएको थियो । 

Advertisement

Advertisement