राशिफलः आज (साउन २६) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको २६ गते शुक्रबार, अधिक श्रावण कृष्णपक्षको दशमी तिथि ।

मेष
बोल्नै नपर्ने विषयमा पनि सक्रिय हुँदा छवि बिग्रने छ । पेशागत जीवनमा बादबिबादबाट गुज्रनु पर्ने छ । अड्डा अदालत तथा प्रशासनिक झमेलामा धाउनु पर्ने हुन्छ । परिवारमा तनावको अवस्था आउने छ । गलत विषयमा आँट आदी आउने छ । गैरकानूनी क्रियाकलापमा जानाजान वा अन्जानमा फस्ने चुनौति भएकाले सतर्क रहनु होला । 

Advertisement

वृष
शारीरिक चोटपटकको चुनौति छ । प्राकृतिक प्रकोपका विषयमा सतर्क रहनु होला । पेशागत जीवनमा धेरै नै संघर्ष गर्नु पर्ने छ । मनमा आउने निराशाले उदासिनता बढाउने छ । मनोबलमा पनि केही गिरावट आउने छ जसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराउने छ । परिवारमा किचलो हुने र त्यसले सामाजिक प्रतिष्ठामा पनि गिरावट गराउने छ । 

मिथुन 
मनमा उत्साहको लहर आउने छ । यात्रामा जाने योग छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने र यसले आफ्नो भुमिका बढाउने छ । आर्थिक सन्तुलन कायम हुने छ । बोलीको प्रभाव बढ्ने छ । पेशागत क्षेत्रमा बोलीको प्रभावले गर्दा अरुको कदर प्राप्त हुने छ । तर मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा ढिलाई हुन जाने छ । 

कर्कट
आकस्मिक लाभ मिल्ने छ । मिठामिठा भोजनको अवसर मिल्ने छ । नयाँ कामको थालनी हुने छ । आँटेका कामहरुमा प्रगति मिल्ने छ । दाम्पत्य जीवनमा मधुरता आउँदा खुशियाली छाउने छ । पेशागत जीवनमा भने केही उल्झनहरु आउने छन् । रिसालु व्यक्ति हुने भएकाले संयमित रहनु नै उचित हुनेछ । 

सिंह
व्यर्थमा वादविवादमा फसिने छ । पेशागत जीवनमा धेरै जोखिम लिने समय रहेको छैन् । कार्यसफलतामा कमि आउने छ । आफन्तहरुबाट नै धोका हुने जोखिम छ । बौद्धिक क्षेत्रमा अग्रसर हुन मन लागे पछि ठोस रुपमा प्रगति हुने छैन् । भाग्यले साथ नदिएका कारण उदासिनता बढ्ने छ । 

कन्या
आफैलाई सहयोग गर्ने घनिष्ठ मित्रहरुसँग मनमुटाव उत्पन्न हुने छ । पेशागत जीवन औसत अवस्थाबाट अघि बढ्ने छ । आर्थिक पक्ष औसत खालको रहने छ । परिवारमा हासि मजाक र रसिलो वातावरण कायम हुने छ । विगतमा भएका निर्णयका कारण नतिजाहरु सहज खालका आउने छन् । 

तुला
परिवारमा मिलन हुने छ । पेशागत जीवनमा योजनाबद्ध उन्नति नहुँदा मनमा भने अशान्ति आउने छ । यात्रारत रहनु पर्ने छ । सामाजिक जीवन प्रभावशाली हुने छ । आर्थिक रुपमा सवल अवस्था रहने छ । परिवारको आड र भरोषाले गर्दा आड भरोषा मिल्ने छ । बौद्धिक क्षेत्रमा कदर मिल्ने छ । 

वृश्चिक
आशा गरेका व्यक्तिहरुबाट सहयोग प्राप्त हुने छ । गर्न खोजेका काममा प्रगतिहरु देखा पर्ने छन् । अरुको विश्वास आर्जन गर्न सक्दा भरोषा बढ्ने छ । नरम तथा लचिलो खालको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत खालको हुने छ । बोलीको प्रभाव बढ्ने छ । आर्थिक प्रगति हुने छ । परिवारमा भने द्वन्द निम्तिने छ । 

धनु 
आत्मविश्वासको कमि हुने छ भने आफैले विश्वास गरेका व्यक्तिहरुबाट सहयोग मिल्ने छैन् । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । अध्ययन अध्यापन तथा बौद्धि कार्यमा अभिरुचि बढ्ने छ । बाठो खालको व्यक्तित्व बन्ने छ । आर्थिक रुपमा सवलता प्राप्ति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा आउने ह्रासले भविष्यप्रति चिन्ता थपिदिने छ । 

मकर
यथार्थ भन्दा काल्पनिक विषयले मनमा स्थान लिने छ । पेशागत जीवनमा स्थिरता कायम हुने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गर्दा जोखिम कम हुने छ । साथिहरुसँग द्वन्दात्वक वातावरण उत्पन्न हुनेछ । 

कुम्भ 
डरलाग्दा सपनाले पिरोल्ने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने समय छ । पैतृक सम्पत्तिका बारेमा झण्झट उत्पन्न हुने छ । प्रेममा सफलता मिल्ने छ । नविन खालका विचारहरु भने मनमा आउने छन् । तर बोलीको प्रभाव घट्ने छ । यात्रामा कठिनाई झेल्नु पर्ने छ । प्राकृतिक प्रकोपजन्य समस्याले सताउने छ । 

मीन
प्रेममय वातावरण उत्पन्न हुने छ । पेशागत जीवनमा प्रगति मिल्ने छ । आँटेका विषयमा सकारात्मक नतिजाका संकेतहरु आउने छन् । व्यक्तित्व दृढ खालको हुने छ । आर्थिक जीवनमा उन्नति हुने छ । परिवारमा प्रेम र मिलनको वातावरण छाउने छ । जीवनसाथिको भरोषामा बृद्धि हुने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement