शेयर बजारमा झिनो सुधार, ३ अर्ब १२ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा झिनो सुधार आउँदा कारोबार रकम पनि केही बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६३ अंकले बढेको हो । ०.२८ प्रतिशतले बजार बढ्दा नेप्से १९६६.२३ अंकमा उक्लिएको छ । 

Advertisement

बजार केही उकालो चढ्दा जीवन बीमा, उत्पादन मूलक र लघुवित्त राताम्मे हुँदा अरुमा हरियाली छायो । होटल समूह सबैभन्दा बढी ६.९६ प्रतिशतले बढेको हो । 

आज ३१३ कम्पनीका ७० लाख ५८ हजार ३ सय ९९ कित्ता शेयर किनबेच हूँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३ सय ६२.५९ रुपियाँ बराबरको कारोबार भएको हो । 

ओरियन्टल होटल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४६ प्रतिशतले नाफा कमाएका छन् भने कुमारी सवल योजनाका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४ सय १८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २४.४० र सोमबार १५.६२ अंकले घटेको शेयर बजार मंगबार २.०६ अंकले उचालिएको थियो भने हिजो बुधबार ०.२१ अंकले मात्रै तल झरेको थियो ।  
 

Advertisement

Advertisement