एनआरएनएको ११औं विश्व सम्मेलन असोज ३० गतेदेखि काठमाडौंमा हुने

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन आगामी असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । एनआरएनए सन् २००३ मा स्थापित भएको हो । 

सम्मेलनका अवसरमा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने छ । उक्त सम्मेलनबाट एनआरएनएको नयाँ नेतृत्व समेत चयन गरिने छ । यसैबीच राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन भनिएको छ । 

Advertisement

सम्मेलनको तयारीका शिलशिलामा जुलाई १ देखि ३१ तारिकसम्म  विश्वका ५९ भन्दा बढी राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् ।

अगष्ट १०-२० सम्म प्रतिनिधि दर्ता गर्न आह्वान गरिएको छ । प्रतिनिधिहरुको अन्तिम नामावली ३१ अगस्टमा प्रकाशन गरिने छ । 

उक्त सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहनेछ ।

Advertisement

Advertisement