राशिफलः आज (साउन ३०) तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको ३० गते मंगलबार, अधिक श्रावण कृष्णपक्षको चतुर्दशी तिथि ।

मेष 
धार्मिक आध्यात्मक क्षेत्रको भ्रमणमा मन लाग्ने छ । प्रेमात्मक सम्बन्धका कारण दाम्पत्य जीवनमा मधुरता आउने छ । आर्थिक सन्तुलन कायम हुने छ । पेशागत क्षेत्रमा भने असमझदारी उत्पन्न हुने छ । मेहनत धेरै गरे पनि सो अनुसारको लाभ कम नै मिल्ने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । 

Advertisement

वृष 
सामाजिक छविमा बढोत्तरी हुने छ । सामाजिक योगदान गर्नमा आनन्द आउने छ । तर आलोचनाबाट भने घेरिनु पर्ने छ । पेशा तथा ब्यापारबाट लाभ मिल्ने छ । शारीरिक चोट पटकको चुनौति रहने भएकाले सतर्क रहनु होला । शेयर बजारमा आंशिक फाइदा मिल्ने छ ।

मिथुन 
भगवान प्रति आस्था र अनास्थाका क्रम मनमा एकोहोरो रुपमा आउने छ । अनावश्यक विवादमा फसिने भएकाले संयम रहनु होला । आक्रामक स्वाभाव नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । पेशागत जीवन तथा ब्यापार विजनेश औसत खालको रहने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कर्कट
आम्दानीमा हुने बृद्धिले सामाजिक छविमा बृद्धि हुने छ । मनले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । यात्रामा भने झण्झट व्योहर्नु पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा हुने बृद्धिले कसैले पनि हेप्न सक्ने छैनन् । तर रिस नियन्त्रणमा ध्यान नदिए झैझगडाको मात्रा बढ्ने छ । शेयर बजार लाभदायी रहने छ ।

सिंह
भक्ति मार्गमा सफलता मिल्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । अरुको मन जित्न सक्ने तागत प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने हुँदा नयाँ नयाँ काम गर्न आँट आउने छ । परिवारमा प्रेम बढ्ने छ । अरुको विश्वासका कारण सामाजिक छविमा पनि बढोत्तरी हुन जाने छ । शेयर बजारमा लाभ मिल्ने छ । 

कन्या
धैर्य भएर कदम चाल्नु पर्ने समय देखिन्छ । प्रतिष्पर्धीहरुले हेप्ने छन् । पेशागत जीवनमा सानो गल्तिमा पनि ठुलो दोषारोपणको भागिदार बन्नु पर्ने छ । परिवारमा भनाभन हुने र यसले उग्र रुप लिने चुनौति देखिन्छ । पेशागत क्षेत्रमा धेरै जोखिम भन्दा सोच विचार गरेर मात्र कदम चाल्नु होला । शेयर बजार मध्यम रहने छ ।

तुला 
धार्मिक यात्रामा मन रम्ने छ । पेशागत जीवन लाभ मिल्ने छ । अरुले कदर गर्ने छन् । पारीवारिक सदस्यहरुबीचको तनावले आफैलाई पनि तनाव थप्ने छ । विश्वास गरेका मित्रहरुबाट धोका हुने चुनौति रहेकाले सतर्क रहनु होला । अध्ययनमा तिब्रता आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

वृश्चिक
मनमा सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोणले सताउने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु होला । पेशागत तथा ब्यापार ब्यवसायमा योजना बनाए अनुसार सफलता मिल्ने छैन् । शेयर बजार औसत रहने छ ।

धनु 
धार्मिक तीर्थहरुको यात्रामा समस्याहरु झेल्नु पर्ने छ । परिवारका सदस्यहरुको साथले मानसिक रुपमा भने निकै ठुलो साथ मिल्ने छ । आर्थिक पक्ष सन्तुलित हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ । बादबिबादको अवस्था आउने भएकाले सतर्क रहनु होला । शेयर बजार अनुकुल रहने छैन् । 

मकर 
नशालु पदार्थको सेवले शारीरिक हानि पुर्याउने छ । साथिभाइहरुसँग बिछोड हुने छ । धार्मिक यात्रामा मन रम्ने छ । ब्यापार विजनेशबाट फाइदा मिल्ने छैन् भने पेशागत जीवनमा उतार चढाव आउने छ । झैझगडाको समय सक्रिय रहेकाले संयमित रहनु होला । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

कुम्भ 
भगवान प्रति आस्था बढ्ने छ । भाग्यको बलियो साथ रहेको छ । गरेका कामहरुको सराहना हुने छ । यात्रामा सफलता प्राप्त हुने छ । पेशागत जीवन शुभ रहने छ । मार्केटिक तथा ब्राण्डिङ्गको क्षेत्रमा कार्यरतहरुमा सृजनशिलता थपिने छ । साझेदारीमा गरिएका कार्यहरुमा देखिएका बिबादले समाधान हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मीन
भगवत श्रद्धामा मन केन्द्रीत हुने छ । मानसिक शान्ति मिल्ने छ भने परिवारमा शान्तिपूर्ण वातावरण कायम हुने छ । पेशागत जीवनमा भने दबाबको महशुस हुने छ । आर्थिक रुपमा सन्तुलनको अवस्था कायम रहने छ । मनमा भने केही अन्योलताका क्रम विद्यमान रहीरहने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement