संसदमा तनाबः दुई घण्टा ढिलो सुरु भएको बैठक कांग्रेसको अवरोधका कारण स्थगित

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा संसदीय समिति छानबिन समिति गठन हुनुपर्ने भन्दै कांग्रेस साँसदहरुले नाराबाजी गर्दै रोष्टम घेरेका थिए । 

Advertisement

त्यसअघि प्रमुख प्रतिपक्षी दलको नेताको नाताले कांग्रेसका गगन थापालाई तीन मिनेट मात्रै बोल्न समय दिएकोमा पनि कांग्रेसका साँसदहरुले आपत्ति जनाएका थिए । संसदमा नाराबाजी चल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री लामिछाने दर्शक बनेका थिए । 

कांग्रेसका साँसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । 

Advertisement

Advertisement