अर्थ मन्त्रालयले माग्यो सरुवा हुन चाहने कर्मचारीको विवरण

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा, लेखा समुहको संघमा समायोजन भई कार्यरत, सरुवाको लागि अवधि पुगेका कर्मचारीहरुको सरुवा प्रकृया सुरु गरेको हो ।

मन्त्रालयले सामान्यतय उपसचिव स्तरको कर्मचारीहरुको २/२ वर्षमा सरुवा गर्दै आइरहेको छ।  यस्तै अधिकृत, नायाव सुब्बा खरिदारको आवश्यकता अनुसार सरुवा गर्दै आएको छ ।

Advertisement

२ वर्ष सेवा अवधि उप सचिवहरुको यहि भदौमा सरुवा गर्ने तयारी गरिएको छ । सरुवा मिलाउनका लागी अर्थ मन्त्रालयका उपसचिवहरुले दौडधुप सुरु गरिसकेका छन् ।

सरुवाका लागि अनलाईन निवेदन पेश गर्दा प्रणालीमा केहि प्राविधिक समस्या आएमा कार्यालय समय भित्र लेखापाल युवनाथ अधिकरी (राजपत्राङ्किततर्फ) र लेखापाल जानुका राई (राजपत्र अनंकिततर्फ) सम्पर्क गर्न भनिएको छ ।

Advertisement

Advertisement