राशिफलः आज (भदौ ५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको ५ गते मंगलबार शुद्धश्रावण शुक्लपक्षको षष्ठी तिथि । आज कल्की जयन्ती रहेको छ ।

मेष 
आफ्नो कार्य प्रति गौरवान्वित हुने स्वाभाव हुने छ । मनोबलमा पनि बृद्धि हुने छ तर रिस कडा हुन जाँदा मिजासपनामा भने कमि आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेशमा बनाइएका योजनाहरु पुरा हुन अलि समय लाग्ने छ अर्थात ढिलाई हुने छ ।  शेयर बजार औसत खालको हुने छ ।

Advertisement

वृष 
धार्मिक गतिबिधिमा आस्था बढ्ने छ । धन सम्पत्तिको सहि सदुपयोग हुने छ, जसले पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा समस्याहरु देखा पर्ने छन् । शेयर कारोवारमा अत्याधिक उत्साह देखा पर्ने छ । तर धेरै महत्वाकांक्षासहित भन्दा विचार गरेर मात्र शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

मिथुन 
परिवारमा कलह मच्चिने छ । पेशागत जीवनमा समस्याहरुको चक्र देखिने छ । मेहनतको कदर हुने छैन, मेहनत खेर जाने छ । यस्तो अवस्थाले गर्दा मनमा निराशा उत्पन्न गराउने छ । धन सम्पत्ति तथा वित्तिय विषयमा कटुता बढ्न पुग्ने छ । रोग व्याधीले च्याप्दा अस्पतालजन्य खर्च बढ्न जाने छ । शेयर बजार औसर रहने छ ।

कर्कट
भोग विलासमा मन जाने छ । ब्यापार व्यवसायमा सफलता प्राप्त हुने छ । सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मान सम्मान तथा पदोन्नति पाउने छन् । नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । न्याय, प्रशासन तथा ठेक्कापट्टामा सक्रियहरुको हकमा शुभ समय रहेको छ । शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

सिंह
धेरैको विरोधको बाबजुद पनि दृढतासाथ अघि बढ्न सक्ने तागत प्राप्त हुने छ । भाग्यले साथ दिने छ । धन धान्य तथा फाइनान्सियल अवस्थामा बृद्धि हुने छ । आफ्नो मेहनतबाट सन्तोष मिल्ने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कन्या
आफ्नो काम प्रति जिम्मेबार बन्दा बन्दै पनि कर्मशिलतामा केही कमि देखिने छ । कार्यालय तथा ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा विश्वासमा कमि आउने छ । आफू भन्दा माथिका हाकिमहरुसँग बादविवाद बढ्न पुग्ने भएकाले संयमित रहँदा उपयुक्त हुने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

तुला 
पारीवारिक जीवनमा तनाबले व्यक्तिगत जीवनमा पनि निकै असर पुर्याउने छ । पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ । पेट्रोलियम पदार्थ, खानि, फलाम, भाडाका सवारीसाधन सेवा, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई आंशिक लाभ प्राप्त हुने छ । शेयर कारोवारमा गुमाउनु पर्ने छ । 

वृश्चिक
मनमा असाध्यै नकारात्मक विचारहरु एकपछि अर्काे आइरहने छन् । अन्योलता बढ्न जाँदा दुविधात्मक ब्यक्तित्व देखा पर्ने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु पर्नेछ । गल्ति नगरेको काममा पनि दोषारोपण खेप्नु पर्नेछ । दैनिक ज्याला प्राप्तिमा पनि उल्झन भोग्नु पर्ने छ । शेयर क्षेत्रमा जोखिम रहने छ । 

धनु 
सुरो खालको व्यक्तित्व बन्दा बौद्धिकता छायाँमा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुन पुग्ने छ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद, मुद्धामामिला सुल्झने तर्फ अघि बढ्ने छ । विदेश सेटलमेण्टको चाहनामा अवरोधहरु निकै आउने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मकर 
सबैसँग मिल्ने खालको ब्यक्तित्व बन्ने छ । तर पेशागत जीवनमा जबर्जस्ती बादबिबादमा तानिनु पर्ने छ । सेवा क्षेत्रमा संलग्नहरुलाई फाईदा पुग्ने छ । विज्ञान, सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रमा संलग्न व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । परिवारमा सौहार्दपूर्ण वातावरण हुने हुँदा जीवनमा ठुलो आडभरोषा प्राप्त हुने छ । शेयर बजारमा धेरै जोखिमपूर्ण कदम चाल्ने समय देखिँदैन । 

कुम्भ 
आफ्नो जिम्मेबारीप्रति उत्साहको लहर आउँदा कर्मशिलतामा ह्वात्तै बृद्धि हुने छ । जीवनसाथिको साथले मेहनत र पराक्रमी बन्न प्रेरित गर्ने छ । धर्म अध्यात्म, प्रेस, पब्लिकेशन, पत्रकारिता, विद्यालय, कलेज आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ । अन्यको हकमा भने पेशागत जीवनमा समस्याहरु देखा पर्न जाने छ । निर्णय क्षमतामा कमि आउने हुँदा शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

मीन
कार्यसफलता मिल्ने छ । पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सम्मानित हुने अवसर प्राप्त हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी आदी क्षेत्रमा संलग्नहरुले लाभ आर्जन गर्ने छन् । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छैन् । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement