हुन्डीको ९८ लाखसहित दरबारमार्गबाट दुई जना पक्राउ

Advertisement

काठमाडौं । गएराति काठमाडौंको दरबारमार्गबाट हुन्डीको ९८ लाख रूपियाँसहित दुई जना पक्राउ परेका छन् ।

सो नगदसहित महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Advertisement

Advertisement