सामाजिक सञ्जालबाट ५० लाख बढी ठगी गर्ने २ व्यक्ति पक्राउ

Advertisement

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी २ युवाले आधा करोड जम्मा गरेका छन् । टिकटक, फेसबुक, ह्वाट्स एप, ज्यामज्याममार्फत ठगी गरी रकम जम्मा गरेका हुन् ।

उक्त ठगी कार्यमा सहभागी २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ । प्रहरीले पर्सा जिल्लाका राजकुमार पण्डित र रौतहट जिल्लाका उमेशकुमार यादवलाई पक्राउ गरेको गरेको हो ।

Advertisement

उनीहरुले समाजिक संजाल मार्फत तपाईँले आइफोन जित्नु भएको छ । हामी तपाईलाई तपाईको ठेगानामा पठाउँछौं भन्दै विभिन्न बैंकको खाता प्रदान गरी रकम माग गर्ने गरेका थिए ।

विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिई गएको टोलीले ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो । प्रहरीले काठमाडौं जिल्ला अदालतको मिति २०८०–०५–०५ गतेको आदेशले दिन सात दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको छ। 

ती व्यक्तिहरुसँगै ७ वटा मोबाइल १ सय ८३ वटा सिमकार्ड र १२ वटा एटिएम कार्ड बरामद गरेको छ ।

Advertisement