वाणिज्य बैंकहरुमा निक्षेप घट्यो कर्जा लगानी बढ्योः अन्तरबैंक ब्याजदर र सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप २ अर्ब घट्दा कर्जा लगानी २ अर्बनै बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ ६ गते बुधबार निक्षेप ४९ खर्ब ४५ अर्बमा झर्दा अघिल्लो दिन ४९ खर्ब ४७ अर्ब थियो । 

Advertisement

त्यस्तै गत बुधबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४३ खर्ब ७अर्ब पुगेको छ । अघिल्लो दिन ४३ खर्ब ५ अर्ब थियो । 

त्यस्तै समग्र बैंकिङ प्रणालीमा कूल ५६ खर्ब १८ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब २० अर्ब थियो । त्यस्तै बुधबार कूल कर्जा लगानी ४८ खर्ब ६७ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ६६ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर बढेर ५.८८ प्रतिशत पुगेको छ । अघिल्लो दिन ५.८५ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८३.६१ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत शनिबार ८३.५४ प्रतिशत थियो ।

Advertisement

Advertisement