वित्तीय साक्षरतासम्बन्धी ज्ञान बैंकरलाई नै आवश्यक छः गभर्नर

Advertisement

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारण मात्रै नभएर बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन् । 

आईतवार राजधानीमा आयोजित वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए । अधिकारीले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए । 

Advertisement

यस्तै राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंकभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको उनले बताए । गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताए । 

कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन उनले सुझाव दिए । अधिकारीले आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भए पनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताए । 

Advertisement

Advertisement