धरानमा जातीय सद्भाव बिथोल्ने सरकार र सत्ता गठवन्धन होः एमाले सांसद न्यौपाने

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले धरानमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् । 

आईतवार राष्ट्रिय सभा बैठकमा उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्याउने खालका गतिविधि गरिरहेको बताइन् । तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको उनले ध्यानाकर्षण गराइन् । 

Advertisement

सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भए पनि त्यसमाथि खलल पुर्याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताइन् । उनले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने उनले बताइन् । 

न्यौपानेले भनिन्, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरु सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरुको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सदभावमा खलल पुग्ने गरी जे गतिविधिहरु सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद् छ ।’ 

सांसद न्यौपानेले संविधान विपरित गएर सत्तारुढ गठबन्धनले कोशी सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरिन् । 

Advertisement

Advertisement