महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । 

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा खाता खोल्न, केवाईसी अपडेट, नयाँ डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र नयाँ लकर सुबिधा जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

Advertisement

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement