राशिफलः आज (भदौ ११) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल भदौ महिनाको ११ गते सोमबार शुद्धश्रावण शुक्लपक्षको द्वादशी तिथि । आज सोमप्रदोष व्रत रहेको छ ।

मेष 
पैतृक सम्पत्तिका विषयमा रहेका समस्या सुल्झिने छ । पेशागत जीवनमा केही सहज वातावरण तयार हुने छ । तर व्यक्तित्वमा केही दुविधात्मक सोच देखा पर्ने छ । मनोबलमा आंशिक सुधार आउने छ । आर्थिक जीवनमा लाभको अवस्था आउने छ । शेयर क्षेत्र औसत रहने छ । 

Advertisement

वृष
भाग्यले साथ बलियो छ । चलाख र बाठो खालको व्यक्तित्व हुने छ । बोलीको प्रभावकारिताले अरुको मन जित्न सकिने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । पारीवारिक जीवनमा भने विवाद र चर्काचर्कीको अवस्था आउने छ । शेयर बजार औसत प्रकारको रहने छ ।

मिथुन 
आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन औसत रहने छ । कडा खाले व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । परिवारमा तनावपूर्ण अवस्था आउने छ । यात्रामा ढिलाई हुने छ भने समस्या भोग्नु पर्ने छ । शेयर क्षेत्र फलदायी रहने छ ।

कर्कट
आम्दानीमा बृद्धि हुने छ । मनले चाहेका इच्छा आकांक्षा तथा सपनाहरु पुरा हुने तर्फ जाने छन् । पेशागत जीवन स्थिर हुने छ भने पेशागत जीवनमा पनि उन्नति प्रगति हुने छन् । बोलीमा भने कडापन देखा पर्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र लाभदायी रहने छ । 

सिंह
पारीवारिक जीवनमा मिलन हुने छ । तर बोलीमा कडापन देखा पर्ने भएकाले बोली नरम बनाउने तर्फ प्रयास गर्दा राम्रो हुने छ । पेशागत जीवनमा शुभता बृद्धि हुने छ भने स्थिरता उत्पन्न हुने छ । तर भाग्यहिनताको आभाष मनमा निरन्तर भइरहने हुँदा मनोबलको मात्रामा भने भारी गिरावट देखा पर्ने भएकाले मनोबल उच्च बनाउन प्रयास गर्नु होला । शेयर क्षेत्र प्रतिकुल रहेकाले उत्साही हुने समय देखिँदैन् ।

कन्या
व्यक्तित्वमा आकस्मिक गिरावट आउने छ । आम्दानीमा भने केही बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरताका क्रम देखिन जाने छ । बोलीमा आउने सकारात्मक प्रभावले पेशागत जीवनमा देखा पर्ने अस्थिरतालाई सँहाल्न ठुलो मद्धत गर्ने छ । भाग्यहिनताको आभाष मनमा आउने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक रहने छन् । शेयर बजारमा गुमाउनु पर्ने छ । 

तुला
बौद्धिक र राजसी खालको व्यक्तित्व हुने छ । बाठो व्यक्तित्व हुने छ । तर मनोबल भने कमजोर खालको हुन जाने भएकाले आफ्ना प्रतिष्पर्धीहरुसँग जुध्न भने दृढताको अभाव हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने भएकाले दृढटा विकासमा ध्यान दिनु होला । पेशागत जीवनमा स–साना विषयले उल्झन बढाउने छन् । शेयर क्षेत्र सकारात्मक रहने छ । 

वृश्चिक
धन सम्पत्तिमा बृद्धि हुने छ । पैतृक सम्पत्तिको प्रयोग वा उपलब्धताले निकै साथ दिने छ । उच्च दृढता भएको व्यक्तित्व हुने छ । तर रिस भने बढि उठ्ने खालको व्यक्तित्व देखा पर्ने भएकाले यस विषयमा संयमित रहनु होला । पेशागत जीवन औसत अवस्थामा केही चुनौतिपूर्ण तर्फ देखिने छ । साझेदारीमा  गरिएका कामहरुमा केही समस्याहरु देखिन जाने छ । शेयर क्षेत्र लाभदायी रहने छ । 

धनु 
बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामबाट प्रतिफल प्राप्त हुने छ । तर पेशागत जीवनमा केही आरोप प्रत्यारोप तथा द्वन्दको सामना गर्नु पर्ने अवस्था आउन  जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । 

मकर 
बोलीको प्रभाव घटेर जाने भएकाले संयमित भएर बोलीको प्रयोगमा ध्यान दिनु होला । व्यवस्थापन खुबीमा गिरावट देखा पर्ने छ । मनमा हल्का नकारात्मक विचारहरुको श्रृङ्खलाले देखा पर्न जाँदा  उदासिनताको मात्रा बढ्ने छ । पेशागत जीवन स्थिर रहने छ तर आम्दानीमा भने गिरावट रहने छ ।  शेयर बजार अनुकुल देखिन्छ । 

कुम्भ 
भित्रि बुद्धि सक्रिय हुने छ । भाग्य बलियो छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको अवस्था निम्तिने छ । पेशागत जीवनमा जुध्नु पर्ने र आरोप प्रत्यारोप खेप्नु पर्ने अवस्था आउँछ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । बौद्धिकताको मात्रामा बृद्धि हुने छ । शेयर बजार औसत रहने छ ।

मीन
मनमा दुविधाका क्रम एक पछि अर्काे गरि देखा पर्ने छ । जसका कारण कार्यहरु अघि बढाउँदा के गरौँ र कसो गरौ भन्ने अन्योलता निरन्तर देखा परि रहने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । गरेका कामको कदर हुने छ । साmभेदारीमा गरिएका काममा केही सतर्कता अपनाउनु होला । शेयर क्षेत्र फलदायी रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement