सारुक मुत्यु प्रकरणबारे अभिनेत्री नम्रताले लेखिन्ः  ‘मेरो मौनतालाई कमजोरी नठान्नु’

Advertisement

काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको घटनामा जोडिएकी अभिनेत्री नम्रता श्रेष्ठले मौनता तोड्दै आफूले कुनै पनि अपराध गरेको बताएकी छिन् । 

उनले आज सामाजिक सञ्जालमा आफू निर्दोष रहेको उल्लेख गरिन् । 

Advertisement

नम्रताले सामाजिक सञ्जालमा यस्तो लेखिन्ः 

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाई, दिदिबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तकहरू मा हार्दिक नमस्कार । 

धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सूचना हजुरहरू माझ प्रवाह गर्न जादै छु । सन्दर्भ नेपाली चलचित्र हशट्याग माया  छायांङकनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी  निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ  दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु । स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए  यो धटना ले हामीलाई अचम्मित तुल्याएको छ ।

यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु । यो घटना केही दिन पहिले घटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी  तेतीसारो मिडियामा आउने मान्छे होइन म तर हाल यो घटना पश्चात एकलौटी रुप मा विभिन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीम को हर्कत लाइ नजिकबाट  नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक  आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ।मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो  । अनी नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन । यो कानुनी राज्य हो झुट्को खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाइ सत्यको बाटो हिड्नको लागी आग्रह गर्दछु , थुप्रै मिडयाहरुबाट कल  आएको थियो । मेरो फोन मेरो दादा सँग हुन्थ्यो , अहीले पनी मेरो परीवार ले नै  ह्यान्डील गर्नु हुन्छ ।

तर मिडयामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन,मैले बिभन्न टेलिभिजन बाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको  इन्टरभिउउहरुलाई विभिन्न  कुरा जोडेर तोडमोड गरियो  ट्रोल बनाउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन इन्टरभिउमा आइन । आवश्यक पर्दा दिउँला त्यस मा कुनै संकोच छैन, यो घटना सँग जोडीएका  निर्मित समाचार र विभिन्न भिडियोहरू मेरो कानुनी टिम ले हेर्नेनै छ, म यस चलचित्रको एक कलाकार पनि थिए, सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ,   सुसाइड जस्तो सम्बेदनशील बिषयलाई  महिमा गर्नु उचित हुदैन ।  पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरूलाइ्र्र सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो।। तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडिया हरू बाट यो घटना पछी भ्यूजका लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन  समाचार प्रति म घोर भत्र्सना गर्दछु ।

यो किसीम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश बिदेश मा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू   सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु  । म आफै पनि मेन्टल हेल्थ को सराभर एडभोकेट समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषय लाइ मिडिया मा ल्याउन उचित ठानिन म   टोटल्ल्ली घर अनी हस्पिटल तिर नै रहें , तर कपोकल्पित तबरले  देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डा हरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाइ बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो । तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ।

तर कतै भिजिट  गरेको देखिन्नत भनेर अचम्मित हुनु भयो ।  चलचित्र मेकीङ टिम र मृतकका परिवारसॅग मेरो परिवारका सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु चाहनु भएन ।  

म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें । जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो घटना सम्बन्धि डिटेल  इन्क्याइरी भयो जे जे यथार्थ थियो र हो सबै बताए । सो चलचित्र को मेकिङ टिम, कलाकार हरु सबै  जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ । किन की सो चलचित्र को कलाकार म मात्र थिइन । नेपाल प्रहरी बिश्व कै टप छ अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य  पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ । 


कोही अपराधी नउम्कयोस निर्दोष नफसोसु भन्ने भनाइ हो , जहॉ सम्म कालो बोका र बुटी को कुरालाई फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो । उहांलाइ समेत प्रहरी प्रशासनले पहिले नै बयान  लिइ सकेको छ । अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसैबाट नगरौं जस्टीक फर सारुक  निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोट रहने छ । अन्तमा मृतकको सम्पूर्ण परिवार लाइ धैर्य धारण गर्ने शक्ति मिलोस । आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु । यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु । चलचित्र मेकिङ टिम र मृतक को परिवारहरु प्रति मेरो भन्नु केही छैन, प्रशासन लाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ । धन्यबाद ।  श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस । 

मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिए किनकी रियालेटी  बाहिर थाह होस भनेर । तर मेरो परीवारको सुझाव अनुसार प्रहरीअनुसन्धान  मा बाधा पुग्ने भएकोले गरीन । त्यही कुरालाई अहीले जस्ताको तेस्तै पोष्ट गरेको छु । सारुक घटनामा अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो मौनता तोड्दै आफ्ना कुराहर यसरी  लेखेकी छिन  । 


 

Advertisement