यस पटकको ‘अटो शो’का फरक पक्ष व्यवसायिक गाडीको प्रदर्शनीदेखि सर्टल बस सञ्चालनसम्म

Advertisement

काठमाडौं । कोरोना महामारीका कारण विगत तीन वर्षदेखि आयोजना हुन नपाएको नेपालको सबैभन्दा ठूलो व्यापारिक प्रदर्शनी ‘नाडा अटो शो’ यस पटक भदौ २६ गतेबाट सुरु हुने भएको छ । 

सवारी साधनका क्षेत्रमा आएका नयाँ नयाँ प्रोडक्टको प्रदर्शनीदेखि कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई दिने छुट सुविधाको असर उपभोग गर्ने महत्वपूर्ण अवसर नाडा अटो शो असोज १ गतेसम्म चल्ने नाडा अटोमोवाइल्स एशोसियशनले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  

Advertisement

यस पटकको मेलाको फरक पक्षको रुपमा मेलामा कमर्सियल भेहिकल (व्यापारिक गाडी)लाई पनि समावेश गरिँदै छ । यसअघि यस्ता बस ट्रकहरु राख्ने चलन थिएन् । साथै, पार्किङलाई व्यवस्थापन गर्न काठमाडौं मल नेपाली सेनाको बाल अस्पताल भवन परिसर र पूरानो बसपार्कस्थित भ्यू टावरको पार्किङलाई उपयो ग गर्ने र त्यहाँ पार्किङ गरेको अवलोकनकर्ताहरुलाई मेला स्थलसम्म ओसारपोसार गर्न तीन वटा सर्टल बस दिनभरी सञ्चालन गरिने ट । 

काठमाडौैं महानगरपालिकाले पार्किङमा कडाई गरेपछि नाडाको टिमले नयाँ विकल्प खोजेको हो । त्यसका लागि काठमाडौं महानगरपालिकासँग अनुमति लिइसकेको नाडा अटो शो आयोजक कमिटिका सभापति अनुप बरालले बताए । तीन बर्षपछि हुन लागेको मेला भएकाले मानिसहरु अवलोधन गर्न धेरै आउने अनुमान आयोजकको छ । 

यस पटक मेलामा २० अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । उनीहरु दुवैले नाडा अटो शो जस्ता मेला आयोजना गर्न भृकृटीमण्डपको प्रदर्शनीस्थलको पूर्वाधार साह्रै कमजोर र थोरै भएको बताउँदै अघिल्लो बर्ष नै सरकारले बजेट छुट्टाए पनि अहिलेसम्म निर्माण गर्न नसकेकोमा असन्तुष्टि पोखे । 

थापाले विषम आर्थिक अवस्थाका कारण गाडी धेरै नबिक्ने कतिपय व्यवसायीको चिन्ता रहेको र उनीहरुले मेला आयोजना पनि परिणाममुखी नहुनसक्ने बताए पनि अटोमोवाइल क्षेत्रलाई भाइब्रेन्ट गर्न नाडा अटो शो गर्ने आँट गरेको बताए । 

उनले नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका बाबजुत भन्सारमा हजारौं गाडीहरु थन्किरहेको र वार्षिक कारोबार घटेको बेलामा समेत अटो शो गर्न लागेको बताउँदै यसलाई सफल बनाउन आग्रह गरे । 
 
यस्तै सभापति बरालले प्रतिकुलतामा अनुकूलता खोज्ने प्रयास आफूहरुले गरेको बताए । उनले मेलामा सहभागी हुनेहरुको समेत बीमा गरिएको, मेलामा केही स्वास्थ्य समस्या पर्दा उपचारको व्यवस्था गरिएको बताउँदै बीमा कम्पनी र बैंकहरुसमेत गरी नौ वटा वित्तीय संस्थाको समेत सहभागिता रहने बताए । 

प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराििष्ट्रय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने जनाइएको छ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने छ । अवलोकनकर्ताको सुविधालाई विशेष ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको बरालले बताए । 

Advertisement

Advertisement