सुन तस्करीमा महराका बाबुछोरालाई पनि बयान लिन सीआईबीलाई आग्रह

‘भेप’मा सुन ल्याएको आरोपमा तत्कालिन भन्सार प्रमुख पोख्रेल अनुसन्धानमा तानिए

Advertisement

काठमाडौ । चार महिनाअघि विद्युतीय ‘भेप’मा सुन ल्याएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालिन प्रमुख अरुण पोख्रेल छानविनमा तानिएका छन् ।  

सरकारी वकिल कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्दै उनीविरुद्ध अनुसन्धान अघि बढाउन भनेको हो । ‘भेप’को सुन भन्सार कार्यालयकै कर्मचारीको मिलेमतोमा चोरी भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको थियो ।

Advertisement

सरकारी वकिल कार्यालयले पूर्वसभामुख कृष्णबहादुर महराका बाबू छोरालाई पनि बयान लिनका लागि प्रहरीलाई आग्रह गरेको छ । 

Advertisement