पञ्चकन्या ग्रुपको वार्षिकोत्सवमा ३३ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

Advertisement

उक्त कार्यक्रममा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी ३३ जनाले रक्तदान गरेका थिए । 

ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

Advertisement