औषधि लिमिटेडको महाप्रवन्धकका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस

Advertisement

काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि तीन जनाको नाम सिफसिस भएको छ । महाप्रबन्धक छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

आवेदन दिएका ९ जना मध्ये इन्जिनियर उमेशकुमार गुप्ता, कैलाशकुमार पनेरु र डा. राजकुमार थापा रहेका छन् । इन्जिनियर गुप्ता पर्सा जिल्लाका हुन् । पनेरु डडेलधुराका छन् भने थापा ललितपुरका रहेका छन् ।

Advertisement

छनोट समितिले आवेदन दिएका मध्ये सबैभन्दा धेरै नम्बर ल्याएका तीन जनाको नाम सिफारिस गरिएको हो । तीन जनाको नाम उद्योग सचिव मुकुन्द निरौलाको टेबलमा पुगेको छ ।

उनले सो सिफारिसलाई मन्त्रिपरिषद तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गर्नेछन् । मन्त्रिपरिषदको कार्यालयले एक जनालाई महाप्रबन्धकको जिम्मेवारी दिनेछ ।  

Advertisement

Advertisement