झिनो अंकले घट्यो शेयर बजार , १४ प्रतिशत लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको उच्च कारोबार

Advertisement

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ भने कारोबार रकम भने एक अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.८२ अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९०.५९ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २७६ कम्पनीका ३८ लाख ३ हजार २ सय ४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ८ हजार ४१.१५ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सिटी होटलका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् । यता सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आजैमात्र १४ प्रतिशत लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १० करोड ९१ हजार २ सय ९७.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आईतबार २०.५४ अंकले बजार घट्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ, सोमबार ५.०९ अंकले बजार बढ्दा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२.२४ रुपियाँ र हिजो मंगलबार ५।०५ अंकले बजार घट्दा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२.४० रुपियाँ बराबरको कारोबार भएको थियो ।

साताको अन्तिम दिन भोलि बिहीबार भने जनैपूर्णिमा तथा गाइजात्राको सार्वजनिक बिदाका कारण बजार बन्द रहने छ ।     

Advertisement

Advertisement