हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

Advertisement

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । 

संस्थाको सञ्चालक समितिको मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । 

Advertisement

हिमालयन बैंक लिमिटेडबाट बैंकि सेवा शुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।  

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. १ अर्ब बचत संकलन गरी रु. ४ अर्ब ४३ करोड लगानी गरेको छ ।
 

Advertisement

Advertisement