उत्तर कोरियाद्धारा दक्षिण कोरियामा गरिने पारमाणविक हमलाको काल्पनिक परीक्षण

Advertisement

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियामा गरिने पारमाणविक हमलाको काल्पनिक परीक्षण गरेको छ । उत्तरले दक्षिणको सैन्य अखडाहरू लक्षित परमाणु हमलाको काल्पनिक अभ्यास गर्दै दुई छोटा दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बीबीसीले जनाएको छ ।

त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार त्यस्तो क्षेप्यास्त्र परीक्षण उक्त क्षेत्रमा अमेरिकाले रणनीतिक बमवर्षक विमान परिचालन गरेको गरेको घटनाविरुद्ध चेतावनी स्वरूप गरिएको हो।

Advertisement

उत्तर कोरियाले मध्यरातमा दुई वटा क्षेप्यास्त्रहरू पूर्वी समुद्री तट पारी प्रहार गरिएको दक्षिण कोरियाली सञ्चार माध्यमहरुले बताएका छन् । दक्षिण कोरिया र अमेरिकाले वार्षिक रूपमा गर्ने संयुक्त सैन्य अभ्यास चलिरहेको बेला उत्तरले त्यस्तो क्षेप्यास्त्र परीक्षण गरेको हो । 

हरेक बर्ष यस्तो संयुक्त सैन्य अभ्यास हुँदा उत्तर कोरियाले प्रतिक्रिया जनाउने गर्दछ । उत्तर कोरियाली सेनाले भनेको छ, ‘क्षेप्यास्त्र बुधबार अबेर प्रहार गरिएको र त्यस्तो हमलाको काल्पनिक अभ्यास दक्षिण कोरियाका ूविभिन्न प्रमुख सैन्य कमाण्ड केन्द्र र हवाई अखडाहरूमा रणनीतिक पारमाणविक हमला गर्दा कस्तो हुन्छ भन्ने थाहा पाउन गरिएको हो । दुस्मनलाई स्पष्ट सन्देश दिने उद्देश्यले यो सैन्य अभ्यास गरिएको हो’

सैन्य प्रतिरक्षा अभ्यासमा कम्तीमा एउटा अमेरिकी बी–१बी रणनीतिक बमवर्षक विमान कोरियाली प्रायद्वीपमाथि उडेको बताइएको छ ।

यसअघि उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिकाको शत्रुतापूर्ण नीतिविरुद्ध कसैले पराजित गर्न नसक्ने अजेय सेना बनाउने प्रण गरेको बताएका थिए । त्यस्तो गर्नुको मुख्य कारण युद्ध शुरू गर्नका लागि नभई आत्मसुरक्षाका लागि भएको उनको भनाई छ । 

Advertisement

Advertisement