‘कोरोना बीमावापतको ११ अर्ब बर्षौंसम्म सरकारले किन नदिएको ?’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले कोरोना कालका बीमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । 

सरकारले कोरोना बीमावापतको करिव ११ अर्ब रुपियाँ रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै सोमबार संसदमा सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न घिमिरेसँग माग गरेका हुन् । बर्ताैलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोप समेत लगाए । 

Advertisement

उनले भने, ‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन् । आत्था पनि छैन् । विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि मानिसहरुले कोरोना बीमा गरे । त्यसबापतको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न उनीहरुले सकेका छैनन् । सरकारलाई त्यसको कुनै चासो छैन् । सरोकार छैन् । कुम्भकर्ण निन्द्रामा पर्यो । त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस् । तत्काल ती बीमितहरुले पाउनुपर्ने रकम प्राप्त गर्न सकून ।’ 

बर्तौलाले मकवानपुरको मानव निर्मित इन्द्रसरोवर तालमा भरिएको माटो र गेगर हटाउन आग्रह गरेका छन् । उनले भने, ‘त्यहाँ १०४ मेघावाट विजुली उत्पादन हुन्छ । त्यो ताल जहाँ ८५ लाख घनमिटर पानी, आज त्यो पनि करिव ६२ लाख घनमिटर बाँकी छ । २३ लाख घनमिटर बराबरको पानी हिलो माटो, गेगरले भरिएको अवस्थामा छ । त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–तत्काल त्यो तालको सरसफाई र त्यसको संरक्षण गरियोस् ।’

Advertisement

Advertisement