कर्मचारीलाई ‘राजीनामा देउ’ भनेर ‘र’ पनि उच्चाहरण गरेको छैन्ः सीईओ भट्टराई

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश भट्टराईले आफ्नो कर्मचारीलाई राजीनामा दिन व्यवस्थापनले कुनै दबाब नदिएको बताएका छन् । 

कर्पोरेट नेपालमा बुधबार प्रकाशित ‘छोडेर जाउ’ भन्दै प्रभु महालक्ष्मी लाइफले २० जना कर्मचारीसँग माग्यो राजीनामा’ शीर्षकको समाचारमा कुनै सत्यता नरहेको दावी गर्दै उनले कर्मचारीहरुलाई ‘राजीनामा देउ’ भनेर ‘र’ पनि उच्चाहरण नगरेको बताए । 

Advertisement

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक भई दुई महिनाअघि एकीकृत कारोबार सुरु गरेको प्रभु महालक्ष्मीका सीईओ भट्टराईले आफूहरुले कर्मचारीहरुलाई प्रोत्साहन नै गरेको बताउँदै कार्यक्षमता बढाउन कर्मचारीहरुलाई पठाएको पत्र राजीनामाका लागि नभएको बताए । 

उनले भने, ‘हामीले टार्टेग पूरा नगरेका केही कर्मचारीलाई टार्गेट पूरा गर्नु भनेका हौं । त्यसरी टार्गेट पूरा गर भन्नु कम्पनी व्यवस्थापनको अधिकार पनि हो । कर्मचारीलाई आफ्नो दायित्व राम्रोसँग पूरा गर भन्नु र राजीनामा नै माग्नु त फरक कुरा होला नि । त्यसैले तपाइँहरुले यति बुझ्नुस् कि प्रभु महालक्ष्मी लाइफले एक जना कर्मचारीको पनि राजीनामा मागेको छैन् ।’

भट्टराईको थप भनाई थियो, ‘महिनाको ६०–७० हजार तलब खाने कर्मचारीले ५० हजारको पनि बीमा गराउन सकेन भने कम्पनी डुब्दैन् । यो त जनताको पनि लगानी भएको कम्पनी हो । कामै नगर्ने कर्मचारीहरुलाई मिडियाले पनि प्रोत्साहन गरिदिनु भएन् ।’  

उनले पछिल्लो समय बीमा बजारमा चर्को प्रतिस्पर्धा बढिरहेको बेलामा यस्ता आरोपहरु लाग्नु सामान्य रहेको बताए । सीईओ भट्टराईले बीमा कम्पनीहरुमा गुनासो नरहेको कम्पनीमा आफूहरुको कम्पनी रहेको र राम्रो काम गर्ने कम्पनी प्रभु महालक्ष्मी लाइफ भएको प्राधिकरणले समेत स्वीकार गरेको दावी गर्दै आफूहरु अझ राम्रो गरेर अब्बल हुने प्रयासमा रहेको बताए । उनले भने, ‘त्यसका लागि हामी सक्रियता र इमान्दारितका साथ काम गरिरहेका छौं । यो मर्जरलाई हामी सफल बनाउँछौं । कर्मचारीहरुलाई पनि छोडेर जाने बाताबरण बनाउँदैनौं । तर काम त सबैले इमान्दारितापूर्वक गर्नुपर्छ । राम्रोसँग काम गर भन्नुको अर्थ छोडेर जाउ भन्ने होइन् ।’ 

Advertisement

Advertisement