तीन हजारभन्दा धेरै दम्पत्तिलाई सफलता प्रदान गरेको वात्सल्य क्लिनिक सातौं वर्षमा प्रवेश

Advertisement

काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न सफल वात्सल्य आईभीएफले तीन हजार भन्दा धेरै दम्पत्तिलाई आईभीएफ विधिमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ । 

सन्तान प्राप्तीको खुशी दिँदै आएको वात्सल्य क्लिनिक आज (बुधबार) श्रीकृष्ण जन्माष्टमीको दिन वात्सल्य क्लिनिक सातौ वर्षमा प्रवेश गरेको छ । हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकले हालसम्म सात हजारभन्दा बढी दम्पत्तिले सन्तान लाभ, एक हजार आठ सय आईयूआई, दुई हजार दुई सय नेचुरल प्रेग्नेन्सी गरिसकेको जनाएको छ । 

Advertisement

निःसन्तान दम्पत्तिको जीवनयात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ भन्दै क्लिनिकले नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवा लिन आउने गरेको बताएको छ । 
आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारणले आफूहरुले फड्को मार्दै आएको वात्सल्य क्लिनिकको भनाई छ । उक्त संस्थाले आफ्नो सेवा नक्सालबाहेक भक्तपुर र नेपालगञ्जमा पनि विस्तार गरिसकेको छ । 

वात्सल्य क्लिनिकका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले निकट भविष्यमा देशका विभिन्न ठाउँमा शाखा बिस्तार गर्ने योजना रहेको बताए । सेवा लिन चाहने मानिसहरुले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क गर्न सक्ने सो संस्थाले जनाएको छ । 

Advertisement

Advertisement