वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशतभन्दा बढीसम्म कर्जा दिने

Advertisement

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी (विद्युतीय सवारी साधन) बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्य गरेको जनाएको छ । 

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई नविल बैंकले गाडीको मूल्यको ८० प्रतिशत भन्दा बढीसम्म कर्जा उपलब्ध गराउने छ । दुई सय र तीन सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध रहेको जनाउँदै कम्पनीले यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपियाँ रहेको जानकारी दिएको छ ।  

Advertisement

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी इन्डोनेसियामा लोकप्रिय रहेको विद्युतीय कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन् भन्दै बज्र ग्रुपले वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो भनेको छ । 

सिटी ड्राइभिङका लागि उपयुक्त यो विद्युतीय कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले तीन सय किलोमिटरसम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीको भनाई छ । 

रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र सय रुपियाँ खर्चमा तीन सय किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

Advertisement

Advertisement