नयाँ दिल्लीमा जी–२० सम्मेलन शुरु, चिनियाँ र रुसी राष्ट्रपति अनुपस्थित, नेपाललाई उपेक्षा

Advertisement

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज शनिबारबाट जी–२० सम्मेलन शुरु भएको छ । विश्वका ठूला आर्थिक शक्तिहरुको यस सम्मेलनमा चिनियाँ र रुसी राष्ट्रपति अनुपस्थित भए पनि अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्री भने सहभागी छन् । 

जी–२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकसहित १७ देशका प्रमुखहरु कार्यक्रममा सहभागी छन् । जी–२० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । बीस देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । 

Advertisement

जी–२० मा १९ देश र एउटा युरोपियन संघ आवद्ध छन् । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, प्रmान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अप्रिmका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका रहेका छन् । सम्मेलनको अध्यक्षता गरेको भारतले छिमेकी बंगलादेशलाई पर्यवेक्षकको रुपमा निम्तो दिए पनि नेपाललाई भने त्यस्तो निम्ता नदिई उपेक्षा गरेको छ । 

कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरुलाई स्वागत गर्नुभएको छ । साथै उनले जी २० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए । 

Advertisement

Advertisement