पारामाउन्टको एमजी कमेट र ४ इभी नेपाली बजारमा, यस्ता छन् विशेषता, मूल्य कति ?

Advertisement

काठमाडौं । एमजि गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् ।

उक्त गाडीको लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने,‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहक वर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छ ।’

Advertisement

एमजि कमेट इभि भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २ सय ३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ (केडब्लुएच) को ब्याट्री र ३१.२६ (केडब्लु) को मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि आईपि सिक्टी सेभेन रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडी पट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । त्यस्तै अन्य थप एसि, हिटरहरुको समेत सुविधा रहेका छन् ।

एमजि कमेट इभिको शुरुवाती मूल्य १७ लाख ९९ हजार रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध छन् । त्यस्तै, एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा एक लाख २० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टि दिएको छ । 

हेर्दा अन्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ र इयर हुनुको साथै युरोपमा पनि सुरक्षाका लागि फाइभ स्टार पाएको छ । 

कम्र्फट र लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध एमजी कम्फर्ट इभीको ब्याट्रि क्षमता ५१ (केडब्लुएच) र ९९ (केडब्लु) को मोटर रहेको छ । त्यस्तै, एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ (केडब्लुएच) र १ सय ५० (केडब्लु) को मोटर रहेको छ । 

एमजि ४ कम्फर्ट इभिको शुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपियाँ रहेको छ भने एमजि लग्जरी इभिको शुरुवाती मूल्य ५८.९९ रहेको छ । 

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेशनहरु उपलब्ध रहेका छन् । स्टेशनको संख्या बढाएर ५० पुर्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर राजधानीका छेउछाउ लागायत देशका मुख्य शहरहरुमा चार्जिङ स्टेशन समेत राखेको छ ।

मुलकोट, चितवन, कुरिनटार बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ। यी स्थानहरुमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजिको नया सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी बितामोड बंदिवास वीरगन्ज पोखरा, हेटौंडा नौविस नेपालगन्ज धनगढी गाईघाट र दाङको लमहीमा पनि चाडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ ।

त्यस्तै काठमाडौ वितामाङ विराटनगर, चितवन बंदिवास सिन्धुली, पोखरा, कुरिनटार मुलकोट, बुटवल वीरगन्ज इटहरी जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन् ।

 


 

Advertisement

Advertisement