बैंकहरुले धनीलाई मात्रै ऋण दिए, गरिवलाई ऋण प्रवाह गरेनन्ः ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

एमालेको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागले आइतबार गरेको कार्यक्रममा उनले ठूला पुँजीपतिहरुलाई खोजेर अबौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण नदिएको बताएका हुन् । 

Advertisement

साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताउँदै ओलीले गरिवलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए । 

सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनले बताए । ओलीले भने, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ । उसकहाँ बैंकको ऋण पुग्दैपुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ ।’ 

उनले थपे, ‘ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिवका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन । ’

ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए । 

Advertisement