सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजनामा ‘नाडा अटो शो’मा अझै बिशेष छुट दिइने

Advertisement

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्ड्सिको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आज मंगलबारबाट सुरु भएको गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’मा अझै विशेष छुट दिने घोषणा गरेको छ ।  

आउँदो दशैं तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको सुजुकीले यो योजनाअन्तर्गत ग्राहकले एक  लाख रुपियाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपियाँसम्मको एक्सचेन्ज बोनस पाउने अफर ल्याएको छ । 

Advertisement

कम्पनीले नाडा अटो शोलाई लक्षित गरेर मेला अवधिभर सुजुकीका गाडी खरिद गर्ने ग्राहकलाई स्क्याच कार्डमार्फत थप एक लाख रुपियाँसम्मको छुट प्रधान गर्ने बताएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement