नेम्वाङको निधनमा सार्वजनिक विदा दिइने, अन्त्यष्टिमा राष्ट्रिय सम्मान पनि

Advertisement

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ । पूर्वसभामुख तथा तत्कालिन संविधानसभाका अध्यक्ष समेत रहेका उनको अन्त्यष्टिमा राष्ट्रिय सम्मान पनि दिने निर्णय गरिएको छ । 

आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेम्वाङको गए राति निधन भएको थियो । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाइएको छ । 

Advertisement

छोरा आएपछि मात्रै अन्त्येष्टि गरिने भएकाले सार्वजनिक विदा र अन्त्यष्टिको टुंगो भने लागेको छैन् । 

Advertisement